बिनित शाह बुद्ध एयरकाे हिराे


 

नेपालगन्ज । बिनित शाह २५ बर्षदेखि निजि  क्षेत्रकाे ठूलो  बायुसेवा कम्पनी बुद्ध एयरकाे नेपालगन्ज स्टेसन प्रबन्धक छन् ।  मिजासिला र निरन्तर काममा लागिरहने शाहलाई बुद्ध इयरले लुकेकाे हिराे भन्दै सम्मान प्रकट गरेकाे छ । आफ्नो आधिकारिक फेसबुक पेजमा एउटा पाेष्ट सार्वजनिक गर्दै शाहलाई आफ्नो हवाई कम्पनीकाे हिराेका रुपमा सम्मान गरेकाे हाे ।

 शाहले नेपालगन्जदेखि काठमाडौंसम्म दैनिक ६ उडान र पोखराका लागि साप्ताहिक ३ उडानको व्यवस्थापन गर्दै आएका छन् । उनको अटल प्रतिबद्धताले  दक्षता र सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको बुद्द एयरले जनाएको छ ।
प्रकाशित मितिः     १३ बैशाख २०८१, बिहीबार ०६:२४  |