लुम्बिनी प्रदेशमा ५.४ खर्व निक्षेप संकलन ,५.६ खर्व कर्जा प्रवाह


नेपालगन्ज । नेपाल राष्ट्र बैंकको नियमन बिभागले नेपालगंज कार्यालयसँग समन्वय गरी बैंक तथा बित्तीय क्षेत्रका बिद्यमान नीति निर्देशन एवं समसामयिक विषयमा यही असार १४ गते एक कार्यक्रमको आयोजना गरेकाे छ ।

डेपुटी गभर्नर बम बहादुर मिश्रको उपस्थिति रहेको कार्यक्रममा बैंक तथा बित्तीय संस्थाका  प्रदेशप्रमुख, केही शाखाप्रमुख लगायत नेपाल राष्ट्र बैंक नेपालगंज कार्यालयका कर्मचारीको सहभागिता रहेकाे राष्ट्र बैंक बैंक तथा वित्तिय संस्था नियमन विभागका निर्देशक गुरु प्रसाद पौडेलले जानकारी दिनुभयाे ।त्यसो त लुम्बिनी प्रदेश अन्तरगत नेपाल राष्ट्र बैंकका दुइ कार्यालयहरू छन्, नेपालगंज र सिद्धार्थंनगर ।

यो प्रदेश नेपालबाट रेमिट्यान्सका लागी सबैभन्दा बढी जनता बहिरीने प्रदेश पनि भएको निर्देशक पाैडेलले उल्लेख गर्नुभएको छ ।

उहाँका अनुसार नेपालगंज एक व्यापारिक केन्द्र त हुँदै हो त्यस माथि पनि कर्णाली प्रदेशको कतिपय जिल्लाको व्यापारिक नाका पनि हो । २०७८ को जनगणना अनुसार यो प्रदेश अन्तरगत करिव ११ लाख ४२ हज़ार घरपरिवारमा ५१ लाख २२ हजार जनता बस्छन् ।

मुलुकभर सबैवर्गका (क, ख, ग र घ समेत) बैंक तथा वित्तीय संस्थाका ११५९० (एघारहजार पाँचसय नब्बे) शाखामध्ये १०४१ अर्थात करिव ९ प्रतिशत शाखा यस प्रदेशमा छन् अर्थात एउटा बैंक तथा वित्तीय संस्थाको शाखाले करिव ४९२० जनालाइ सुविधा दिएका छन् जवकी राष्ट्रिय औषत २५१६ जना रहेको छ । नेपालका बैंक तथा वित्तीय संस्था (क, ख र ग) ले करिव ६२ खर्व  निक्षेप संकलन गरेकोमा यस प्रदेश अन्तरगत करिव ५.४ खर्व संकलन गरेका छन् । त्यसैगरी,  समग्र बैंक तथा वित्तीय संस्था (क, ख र ग) ले करिव करिव ५२ खर्व कर्जा प्रवाह गरेकोमा यस प्रदेश अन्तर्गत करिव ५.६ खर्व कर्जा प्रवाह गरेका छन् । यसरी हेर्दा यस प्रदेशमा संकलन गरेको निक्षेप रकम भन्दा प्रवाहित कर्जा केही बढी हो ।
यो प्रदेश अन्तर्गतका जिल्लाहरुमा बैंक तथा वित्तीय संस्थाका करिव ७०० एटिएम संचालनमा छन ।

यो कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका प्रदेशप्रमुखहरू एवं सहभागीहरुले वर्तमान आर्थिक विषयमा सुझाव दिनुभयो भने चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनका बारेमा निकै चासोका साथ प्रश्नहरु राख्नुभएको बैंक तथा वित्तिय संस्था नियमन विभागका निर्देशक पाैडेलले जानकारी दिनुभएको

प्रकाशित मितिः     १७ असार २०८१, आईतवार ०९:१८  |