अस्पतालमा कर्मचारीकाे आन्दोलन र सेवाशुल्क वृद्धिप्रति एमालेको ध्यानाकर्षण


 

नेपालगन्ज : नेकपा एमाले बाँकेले नेपालगंज मेडिकल कलेजले सेवाग्राही बाट ५० देखी १०० प्रतिशत सम्म शुल्क वृद्धि गरेको प्रती आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेकपा एमाले बाँकेका अध्यक्ष निरक गुरुङले प्रेस बिज्ञप्ती जारी गर्दै अस्पताल व्यवस्थापनले सेवाग्राही बाट ५० देखी १०० प्रतिशत सम्म शुल्क वृद्धि गरेको भन्दै पार्टीको ध्यानाकर्षण भएको जनाएको हो ।

साथै एमाले बाँकेले कर्मचारी ट्रेड युनियन अधिकार प्रति वेवास्ता गर्ने कुरा व्यवस्थापनको गम्भिर कमजोरी रहेको समेत जिकिर गरेको छ ।

लामो समय देखी नेपालगंज मेडिकल कलेजमा भइरहेको आन्दोलन प्रति हाम्रो पार्टी नेकपा एमालेको गम्भिर ध्यानआर्कषण भएको छ ।

एकातर्फ अस्पताल व्यवस्थापनले सेवाग्राही बाट ५० देखी १०० प्रतिशत सम्म शुल्क लिने अर्को तर्फ कर्मचारीको ट्रेड युनियन अधिकार प्रति वेवास्ता गर्ने कुरा व्यवस्थापनको गम्भिर कमजोरी हो भन्ने हाम्रो पार्टीको निष्कर्ष रहेको छ ।

एमाले बाँकेले सेवाग्राही संग लिएको चर्को शुल्क घटाउन र ट्रेड युनियन कर्मिको न्यायोचित माग पुरा गर्नका लागी तत्काल वार्तामा बस्न व्यवथापक संग माग समेत गरेको छ ।

 

यस अघि नै नेकपा एमाले बाँकेका उपसचिव किशोर थापाले मिडियाकर्मीसंगको भिडियो अन्तर्वार्तामा नेपालगंज मेडिकल कलेजले सेवाग्राही बाट ५० देखी १०० प्रतिशत सम्म शुल्क वृद्धिको बिरोध जनाएका थिए ।

प्रकाशित मितिः     ११ पुष २०८१, बिहीबार १२:५७  |