नेपालगन्ज । राष्ट्रियसभाकाे पुर्व सदस्य तथा चर्चित गायिका काेमल ओलीले बाँके, कोहलपुर स्थित तक्षशिला विद्यालयको अवलोकन गरेकी छन् ।
अवलोकनपछि उनले विद्यालयकाे प्रशंसा गरिन् । विद्यालयमा हाल करिब ९०० विद्यार्थी अध्ययनरत रहेछन् । विद्यालयका अध्यक्ष बिष्णु बेलवासे, संचालक खोपिराम वली लगायतले ओलीलाई स्वागत गरेका थिए ।
पढाईको गुणस्तरमा विशेष ध्यान दिएको पाएको बताउँदै ओलीले शैक्षिक स्तर उत्कृष्ट रहेको अनुभव भएको बताइन । केही विद्यार्थीहरूसँग भेट गर्दा उनीहरूको आत्मविश्वास प्रशंसनीय लागेकाे उल्लेख गरिन ।
निकट भविष्यमा पुनः विद्यालयमा आएर विद्यार्थीहरूसँग विस्तृत अन्तक्रिया गर्ने योजना रहेको ओलीको भनाइ छ ।