नेपालगन्ज । सर्वसाधारणलाई क्यान्सर राेगकाे जाेखिमबाट बचाउन खजुरा गाउँपालिकाले स्वास्थ्य शिविर जस्ता गतिविधिलाई अगाडि बढाएको छ ।
मंगलवार वडा नम्बर -६, स्थित पुरैनामा स्त्रीरोग बिशेषज्ञ सहितकाे स्वास्थ्य शिविर आयोजना गरिएको छ । शिविरकाे उद्घाटन गर्दै पालिका प्रमुख डम्बर बिक तुफानले आमनागरिकलाई नसर्ने क्यान्सर जस्ता राेगबाट जाेगाउन पालिकाले निर्वाह गर्नुपर्ने भुमिका निर्वाह गरिरहेकाे बताउनुभयो ।
उहाँले क्यान्सर राेगले निम्त्याउने जटिलता नेपाली समाजका लागि निकै चुनाैतीपुर्ण रहेकाे बताउँदै पालिकास्तरबाट हुने सहयाेग आमनागरिकलाई गर्ने कार्य गरिरहेकाे उल्लेख गर्नुभयो ।
उद्घाटन कार्यक्रममा उपाध्यक्ष मन्जु मल्ल,प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना,बरिष्ठ चिकित्सक डा कल्पना थापा लगायतले बाेल्नुभएको थियाे । सामाजिक विकास संयाेजक कृष्णा कुमारी पाेखरेलकाे अध्यक्षतामा कार्यक्रम भएको थियाे ।

शिविरमा १ सय ६५ जनाले सेवा लिएका थिए । ती मध्ये ८७ जनाकाे भिआइए परिक्षण गर्दा १७ जनामा शंकास्पद क्यान्सर देखिएको स्वास्थ शाखा प्रमुख लक्ष्मी केसी ओलीले बताउनुभयाे । उहाँका अनुसार,मधुमेह १८ जना, हाईपरटेन्नसन १५ जना, मृगौला सम्बन्धि समस्या १ जना
स्वासप्रस्वास (दम ) समस्या १० जनामा भेटिएको छ ।
खजुरा गाउँपालिकाले नसर्ने रोगहरुको पहिचानको लागि एक महिने अभियान संचालन गरिरहेकाे छ ।
फाल्गुनको महिना जनचेतनामुलक क्रियाकलाप तथा स्क्रिनिङको महिनाको रुपमा मनाउन शुरु गरिएको स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसी ओलीले जानकारी दिनुभयाे । स्थानियतहको समन्वयमा क्रियाकलाप सञ्चालन हुनेछ ।