
बाँके । बाँके,बर्दियालाई अन्नकाे भण्डार भनिन्छ । धेरै अन्नबाली उत्पादन हुने भएकाले यसाे भनिएको हो । यहि भण्डारमा कृषि उत्पादन देखेर देशकै प्रतिष्ठित औद्योगिक घराना केएल दुगड भित्रीएको थियो ।
नेपालंगजकाे औद्योगिकरणमा केएल दुगडकाे महत्त्वपूर्ण भुमिका छ । देशकै प्रतिष्ठीत औद्योगिक घरानाले पश्चिममा कृषिको अथाहा सम्भावना देखेर यहाँ करोडौं लगानी गरेकाे थियाे । तर कृषि उत्पादन नबढ्दा याे उद्योगका लागि चाहिने कच्चापदार्थमा बिदेशकै भरपर्नुपर्छ ।
उद्योगको अनुसार विकास फ्लोर मिल प्रालिले मिलको पिठोको लागि प्रति दिन १५० टन, गहुँको आटाको लागि प्रति दिन १०० टन, चामलको लागि प्रति दिन १०० टन, मिश्रित बेबी फूडको लागि प्रति दिन ४८ टन र गहुँको आटाको लागि प्रति दिन २४ टन उत्पादन क्षमता राख्छ।
यसको चक्की आटाले युएई, सिंगापुर र चीनमा पनि बजार लिइरहेकाे छ तर बिडम्बना फेरबद भइरहने सरकारकाे नीतिले निर्यात व्यापार प्रभावित छ ।
त्यस्तै स्वस्तिक आयल एण्ड एग्रो उद्योगले प्रतिदिन १०० मेट्रिक टन क्षमताको आधुनिक र उन्नत प्रशोधन प्लान्ट रहेको छ । यसमा कलर सॉर्टर पनि समावेश छ, जसले ब्रान्डलाई उत्कृष्ट गुणस्तरको दाल उत्पादन गर्न मद्दत गर्दछ।
यसका साथै, यसलाई देशको पहिलो पूर्ण स्वचालित तेल मिल र नेपालको एक अग्रणी तोरीको बीउको तेल उत्पादकको रूपमा पनि श्रेय दिइन्छ। स्थानीय रूपमा खरिद गरिएको बीउ सफा गर्नेदेखि लिएर निकासी र भाँच्ने साथै थोक प्याकेजिङसम्म, मिलको क्रसिङ क्षमता प्रतिदिन १५० मेट्रिक टन तोरीको तेल, १०० मेट्रिक टन दाल र १५० मेट्रिक टन धान उत्पादन गर्छ छ।
के एल दुगड ग्रुपका सिइओ प्रदीप छाजेडले किसनलाल दुगडले पश्चिम नेपाल खाद्यान्नको भण्डार भएकोले यो क्षेत्र रोजेको बताउँनुहुन्छ । अहिले धारा तेल, ज्ञान चक्कीसहित धेरै ब्राण्डहरु स्थापित गर्न केएल दुगड ग्रुप सफल भएको बताउनुभयो ।

उहाँ अनुसार दुगड ग्रुपले धारा तेल उत्पादन गर्दा २०५० सालतिर ९० प्रतिशत स्वदेशी उत्पादन थियो । अहिले चाहीँ १० प्रतिशत छ । ठ्याक्कै उल्टो भएको छ । त्यसकारण हामीले कृषि उत्पादनतिर जोड दिनु आवश्यक छ,’ -उहाँले भन्नुभयाे
कच्चा पदार्थ उत्पादन किन भइरहेको छैन ?
छाजेडले भन्नुभयाे -उद्योग नभएसम्म रोजगारी आउदैन । किसानलाई मल र बिउ उपलब्ध गराउन सकेमा उत्पादन बढ्छ । अहिले उत्पादन परहेक्टर हुनुपर्ने जति भएको छैन । कृषिमा बजेट छुट्याएपनि सदुपयोग हुन सकेको छैन ।’ अनुदान वितरण न्यायोचित हुन नसकेको बताउँदै उपयोग पनि सही तरिकाले हुन नसकेकोमा जोड दिनुभयाे ।
खेतमा काम गर्दा परिवारको खर्च चलेन भने रोजगारीमा जानु पर्छ । रोजगारीमा अन्त जादा जमिन बाँझो हुन्छ । मौसमका कारण मसिनो धान उत्पादन हुन सकेको छैन । मोटो धान उत्पादन बढी छ । अनि हामीले खान्छौ मसिनो धान,’ उहाँले खाद्यान्नमा परनिर्भरतातर्फ देश गइरहेकोमा चिन्ता व्यक्त गरे ।
एकातिर खाद्यान्न आयात बढिरहेको र अर्कोतिर चाहिएको जति उत्पादन हुन नसकेकोको बताउँदै उहाँले माटो र जग्गाको हेल्थकार्ड बनाउनु पर्ने अवधारण अघि सार्नुभयाे । उत्पादन के हुन्छ त्यसमा ध्यान दिनु पर्छ । किसानलाई आवश्यक परेको बेला ऋण दिनु पर्छ । किसान क्रेडिट कार्ड प्रयोगमा ल्याएर लोन उपलब्ध गराउँदा राम्रो हुन्छ ।’
कच्चा पदार्थको आयातको लागत पूर्वमा भन्दा पश्चिम नेपालमा बढी भएको बताउँदै उहाँले त्यसका कारण आयातमा लागत बढी रहेको उल्लेख गर्नुभयाे । आयातमा लागत घटाउन सुख्खा बन्दरगाह सन्चालनमा आयो र रेलवेको विकास हुन सक्यो भने त्यसले धेरै ठूलो फड्को मार्ने उनले आशा व्यक्त गर्नुभयाे ।