प्रेसका श्रमजीवीलाई प्रेस चौतारी बाँकेकाे सम्मान


नेपालगन्ज । प्रेस चौतारी नेपाल,बाँकेले बिहीबार अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा संचारक्षेत्रमा आबद्ध (अपरेटर, प्राविधिक, पत्रीका वितरक)श्रमजीवीलाई सम्मान गरेकाे छ ।

सम्मानित हुनेहरु धर्म गाैतम (रेडियाे मिसन), मिना रावल (रेडीयाे प्रतिबाेध), प्रेम केवट (दैनिक नेपालगन्ज) रहेका छन् ।

संचारक्षेत्रकाे महत्त्वपूर्ण ‘खम्बा’का रुपमा रही पुर्‍याउनुभएको याेगदानकाे कदर गर्दै उहाँहरुलाई सम्मान गरिएको हाे ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य माेहमद हारुन हल्वाई,एमाले बाँके प्रचार विभाग प्रमुख निर्मला सुनार,प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य,प्रदेश पदाधिकारी तथा सदस्य लगायतको सहभागी थियाे ।

अध्यक्ष कमल डाँगीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे संचालन सचिव देवेन्द्रराज पाैडेलले गर्नुभएको थियाे ।

प्रकाशित मितिः     १८ बैशाख २०८२, बिहीबार १७:२१  |