नेपालगन्ज । नेपाल राष्ट्र बैंकले नेपालगञ्जमा निर्देशक निवास भवन निर्माण गर्न लागेको छ। केन्द्रीय बैंकको प्रादेशिक कार्यालयले निर्देशकको निवास भवन निर्माण कार्य सम्पन्न गर्नका लागि राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको हो।
बैंकले १ करोड ३४ लाख १२ हजार रुपैयाँ भन्दा बढीको लागत अनुमान गरिएको उक्त कार्यका लागि १८ वैशाख २०८१ मा सूचना प्रकाशित गर्दै नेपाली पात्र निर्माण व्यवसायीहरूलाई अनलाइनमार्फत बोलपत्र पेश गर्न आह्वान गरेको छ।

बोलपत्र पेस गर्ने अन्तिम मिति वैशाख २२ गते दिउँसो १२ बजे तोकिएको छ भने सोही दिन साढे १२ बजे बोलपत्र खोलिने जनाइएको छ। बोलपत्र दस्तुर ३ हजार रुपैयाँ कायम गरिएको छ।
बोलपत्र सुरक्षाका लागि न्यूनतम ३ लाख ३५ हजार रुपैयाँको जमानत आवश्यक पर्नेछ।