संयुक्त कोशेली घर सञ्चालनको अवधारणा पत्र प्रस्तुत


नेपालगन्ज । सुर्खेत उद्योग वाणिज्य सङ्घको समन्वयमा कर्णाली प्रदेशका स्थानीय उत्पादनहरूको प्रवर्द्धन, बजारीकरण तथा बिक्री वितरण सुनिश्चित गर्ने उद्देश्यले संयुक्त कोशेली घर सञ्चालनसम्बन्धी अवधारणा पत्र प्रस्तुत गरिएको छ।

उक्त अवधारणा पत्र कर्णाली प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा मन्त्री  सुरेश अधिकारी, मन्त्रालयका सचिव तथा अन्य प्रतिनिधि समक्ष प्रस्तुत गरिएको हो। संघका अध्यक्ष  हर्ष विक्रम खड्काकाे नेतृत्वमा सम्पूर्ण कार्यसमिति टोली उपस्थित थियो।

यो पहल कर्णाली प्रदेशका मौलिक उत्पादनहरूलाई व्यापक बजार उपलब्ध गराउँदै स्थानीय उद्यमशिलता प्रवर्द्धनमा सघाउ पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मितिः     ६ जेष्ठ २०८२, मंगलवार १०:३८  |