डेंगाे,मलेरिया हुन नदिन खजुरामा अभियान चलाइदै


नेपालगन्ज । खजुरा गाउँपालिकाले किटजन्य राेग नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने भएको छ । ती राेगबाट नागरिक बिरामी नहाेउन भन्ने उदेश्य सहित त्यसका लागि आवश्यक कदम चाल्ने पालिका अध्यक्ष डम्बर बिक तुफानले बताउनुभयो ।

उपाध्यक्ष मन्जु मल्लले बिभिन्न राेगबाट सर्वसाधारणलाई जाेगाउनु आफुहरुको दायित्व भएको हुँदा त्यसकाे तयारी गरिरहेकाे जानकारी दिनुभयो ।

पालिकामा किटजन्य राेगकाे राेकथाम र उपचारका बिषयमा पालिकाका जनप्रतिनिधि,कर्मचारीलाई प्रशिक्षण दिइएको छ । अब केही दिनमै लार्भा मार्ने अभियान शुरु गर्न लागिएको स्वास्थ शाखा प्रमुख लक्ष्मी केसीले जानकारी दिनुभयो । उहाँका अनुसार,सबैकाे सहकार्यबाट मात्रै किटजन्य राेग नियन्त्रण सम्भव छ ।

स्वास्थ कार्यालय बाँकेका मलेरिया ईन्सेपेक्टर दुर्गा गाैतमले प्रशिक्षण दिनुभएको थियाे भने कार्यक्रमकाे अध्यक्ष सामाजिक विकास समितिका अध्यक्ष कृष्णा कुमारी पाेखरेलले गर्नुभएको थियाे ।

प्रकाशित मितिः     ८ जेष्ठ २०८२, बिहीबार २०:२०  |