राष्ट्र बैंकका गभर्नरले नेपालगन्जकाे निजि क्षेत्रका समस्या सुने


 

नेपालगन्ज । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर बिश्व पाैडेलले साेमवार नेपालगन्जका उद्योगी व्यवसायीसंग छलफल गरेका छन् ।

सम्भवत पहिलो पटक गभर्नरले यसरी छलफल गरेर निजि क्षेत्रका समस्या सुनेकाे सुनेका छन् ।

पछिल्लो समय देशभर उत्पन्न आर्थिक संकटले निरास बनेका उद्योगी व्यवसायीलाई ढाडस दिने गरि गभर्नर पाैडेलले उद्योगी व्यवसायीसंग छलफल गरेका हुन ।

नेपालगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले बैंक तथा बित्तीय क्षेत्रकाे नियामक निकायका प्रमुखले निजि क्षेत्रका समस्याका बारे खुलेर छलफल गर्नुलाई सकारात्मक रूपमा लिएको बताए  ।

‘उहाँले व्यवसायीका सबै कुरा सुन्नुभयाे । आशा छ कार्यान्वयनमा पनि सकारात्मक नतिजा आउने छ।’- ओलीले भने ।

भेटघाटमा सहभागी नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष बुद्धि दियालीले सुनका बिषयमा उत्पन्न बिवादका बारेमा गभर्नरलाई जानकारी गराए ।

दियालीका अनुसार, सुनकाे आयात तथा वितरण कार्यविधि -२०६८ लाई संशोधन छिटोभन्दा छिटो  गरि लागु गर्नुपर्ने  माग गरिएको छ ।

प्रकाशित मितिः     २७ जेष्ठ २०८२, मंगलवार ०९:४७  |