नरैनापुर गाविसका तत्कालीन गाविस अध्यक्ष,सचिव सहित १९ जना विरुद्ध मुद्दा


 

नेपालगन्ज । ‘फर्जी’ ज्येष्ठ नागरिक तयार गरि बृद्धभत्ता दुरुपयोग गरेकाे भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नरैनापुर गाविसका तत्कालीन अध्यक्ष अजयकुमार श्रीवास्तव, सचिव सहित सत्रजना विरुद्ध बिशेष अदालत काठमाडौं अभियाेगपत्र दर्ता गरेकाे छ ।

सामाजिक सुरक्षा भत्ता वितरण गर्दा गाविस सचिव र मुखियाले मिलेमतो गरी नियम विपरित भत्ता वितरण एवं लिने खाने गरेको अख्तियारले जानकारी दिएको छ ।

सामाजिक सुरक्षा भत्ता वितरण गर्दा आर्थिक बर्ष २०५७/०५८ देखि २०७२/०७३ सम्म सामाजिक सुरक्षा भत्ता पाउन उमेर नपुगेका १९ जना व्यक्तिहरुलाई नागरिकतामा उल्लेखित जन्ममिति र नागरिकता जारी मिति अन्देखा गरेकाे पाइएको छ ।

ज्येष्ठ नागरिक तथा दलित ज्येष्ठ नागरिकको रुपमा, नागरिकताको प्रमाणपत्र नभएको व्यक्तिलाई एकल महिलाको रुपमा र भारतमा विवाह गरी गएका महिलालाई एकल महिलाको रुपमा तत्कालीन सचिव र अध्यक्षले सामाजिक सुरक्षा लाभग्राही परिचयपत्र जारी गराई सामाजिक सुरक्षा भत्ता वितरण गरेका थिए ।

उनीहरुले रु ६ लाख ५६ हजार ७ सय हिनामिना हानिनोक्सानी गरेको पुष्टि भएकोले उक्त कार्यमा संलग्न प्रतिवादीहरु सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हाे ।

साथै, पाटेश्वरी सिंह ठाकुर, मुज्फर खाँ, राम सुमझ कुर्मी, जलील खाँ र राम सेवक कूर्मीसमेतको मृत्यु भइसकेकाले बिगोको हकमा प्रतिवादी तत्कालीन गाबीस सचिव सावित राम कुर्मीबाट असुल उपर हुन मागदाबीसमेत लिइएको छ।

हेर्नुस्  हेर्न यहाँ क्लिक गर्नुस्

Click to access SyO5GZ.pdf

प्रकाशित मितिः     १ असार २०८२, आईतवार १६:३३  |