‘वेयभसाईड’ कै नम्बरमा फाेन गर्दा कर्मचारीले थर्काए सेवाग्राही


 

बाँके । नियमित बिद्युत दिन नसकेर देशभर नेपाल बिद्युत प्राधिकरण आलोचित छ । त्यसमा छन्  त्यहाँ कार्यरत कर्मचारीकाे रुखो ब्यवहारले सेवाग्राहीलाई दिक्क बनाएको छ ।

यस्तै घटना राँझामा घटेकाे छ । प्राधिकरण र त्यसमा कार्यरत कर्मचारी कुन हदसम्म गैरजिम्मेवार र अमर्यादित तरिकाले प्रस्तुत हुन्छन् भने उदाहरण हाे याे घटना ।

पटक पटक बत्ति गएपछि राँझा घर भएका पत्रकार समेत रहेका सेवाग्राही सिवेन्द्र भण्डारीले ‘नो लाईट’मा नेपालगन्ज फिडरको ९८६४९१०१४९  नम्बरमा फोन गर्छन् ।

त्यहाँ फाेन गर्दा  ‘स्विच अफ’ गरिएको छ भन्छ । त्यसपछि अर्को शाहापुर्वा फिडरको ‘नो लाईट’को ९८४८०५४६३७ 9 नम्बरमा फोन गरे ।  तर उक्त नम्बरमा फाेन गर्दा ती कर्मचारीले भण्डारीलाई आफ्नो पदिय मर्यादा विपरीत व्यवहार गरेका छन्  । उनले आफू तीन वर्ष पहिल्यै सरुवा भईसक्दा पनि ‘फाेन गर्छ’ भन्दै अमर्यादित व्यवहार गरेका छन् ।

भण्डारीले कुनै कर्मचारीकाे ब्यक्तिगत नम्बरमा फाेन गरेका होइनन् । प्राधिकरणकाे लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जकाे ‘वेयभसाईड’मा राखेकाे नम्बरमा फाेन गरेका थिए । त्यहाँ कस्काे नम्बर राखिएको हुन्छ,कस्ले कहिले ‘अपडेट’ गर्ने भन्ने दायित्व र जिम्मेवारी प्राधिकरणकाे हाे, सेवाग्राहीको होइन ।

सरकारी वेयभसाईडमा राखिएको नम्बर फाेन गर्दा कर्मचारी सरुवा नै भएपनि ‘सभ्य’ तरिकाले बाेलिदिए पुग्नेमा सरुवा भएका कर्मचारीकाे रुख व्यवहार देखेर दिक्क लागेकाे भण्डारीले बताए । याे बिषयमा छानबिन गरि कारवाही गर्नुपर्ने भन्दै ती कर्मचारीसंग भएको फाेन संवाद नै भण्डारीले सार्वजनिक गरेका छन् ।

‘सरुवा भएका कर्मचारीकाे नम्बर अपडेट नगर्नु प्राधिकरणकाे मुख्य कमजोरी हाे । नम्बर अपडेट हुनुपर्थ्याे । तर पनि त्याे नम्बर हुने कर्मचारी जहाँ भएपनि म सरुवा भैसके भनेर भन्दिए पुग्थ्याे । उहाँले गैरजिम्मेवार व्यवहार गर्नुभयाे । निकै दुख लाग्याे ।’ – भण्डारीले भनेका छन् ।

प्रकाशित मितिः     २ असार २०८२, सोमबार ०८:११  |