स्वास्थ्यक्षेत्रमा खजुरामा नविनत्तम याेजना कार्यान्वयन


नेपालगन्ज । बाँकेकाे खजुरा गाउँपालिकामा स्वास्थ्यक्षेत्रमा केही उदाहरणीय कार्यक्रम संचालन भइरहेका छन् । अध्यक्षसंग ज्येष्ठ नागरिक,उपाध्यक्षसंग सुत्केरी,बालबालिका लाई कुपोषणरहित बनाउनदेखि दिर्घराेगी प्रती उत्तरदायी जस्ता मुख्य कार्यक्रमबाट स्थानीय नागरिक प्रत्यक्ष लाभ उठाएका छन् ।

‘यी महत्त्वपूर्ण कार्यक्रम हुन । त्यसबाहेकका कार्यक्रम पनि प्रभावकारी तरिकाले संचालन भइरहेका छन् ।’ खजुरा स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसीले भन्नुभयाे,-‘समग्रमा भन्दा आर्थिक बर्ष २०८१/२०८२  स्वास्थ्य सेवा प्रदानकाे दृष्टिले खजुरामा महत्त्वपूर्ण काम भएको अनुभव भएको छ।’ स्वास्थ शाखाले शुक्रबार बर्षभर गरेका कार्यक्रम प्रस्तुत गरेकाे छ ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक तुफानले पुर्वाधार विकास मात्रै नभई जनताकाे स्वास्थ स्थिति सुदृढ गराउनु पनि आफूहरुले जिम्मेवारी सम्झिएको बताउनुभयो । त्यसैकारणले केही महत्त्वपूर्ण कार्यक्रम मार्फत नागरिकको स्वास्थ अवस्था सुदृढीकरण  गर्न लागिपरेकाे उल्लेख गर्नुभयाे ।

त्यस्तै उपाध्यक्ष मंन्जु मल्लले ज्येष्ठ नागरिक,महिला,बालबालिका र दिर्घराेगीका हकमा खजुराले राम्रो काम गरेकाे बताउनुभयो । खजुराले बनाएको याेजनाकाे प्रभावकारी कार्यान्वयन गरेकाे भन्दै मल्लले स्वास्थ शाखाकाे प्रशंसा गर्नुभयाे ।

सामाजिक विकास संयाेजक कृष्णा पाेखरेलले पालिकाले स्वास्थ्य क्षेत्रमा गर्ने सक्दाे काम गरेकाे र नसकेकाे अवस्थामा माथिल्लो निकायलाई आग्रह गरेरै भएपनि नागरिक स्वास्थ्यप्रती जवाफदेहिता देखाएको उल्लेख गर्नुभयाे ।

स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसीका अनुसार,अध्यक्षसंग ज्येष्ठ नागरिक कार्यक्रम मार्फत ज्येष्ठ,एकल महिला तथा अशक्त नागरिकलाई घरमै गएर सेवा प्रदान भइरहेकाे छ ।

उपाध्यक्षसंग सुत्केरी कार्यक्रम अन्तरगत गर्भवती भएदेखि सुत्केरि भएको ४५ दिनसम्म ‘क्याल्सियम ट्यावलेट’ प्रदान गरिएको छ जसले मातृमृत्युदर कम गरेकाे केसी बताउनुभयो ।

खजुरामा बच्चाकाे कुपोषण तीन प्रतिशत थियाे । सुपाेषित बनाउन छ वटा स्वास्थ्य संस्था मार्फत ओटिसी सेवा संचालन भईरहेकाे छ । पहिले एउटा संस्थाबाट संचालन थियाे ।

सुत्केरी महिलाकाे स्वास्थ अवस्था बुझ्न् दुईपटक नर्सहरुले सेवा दिइरहेका छन् । दिर्घराेगी प्रती उत्तरदायि कार्यक्रम अन्तरगत विभिन्न व्यक्तिलाई आर्थिक सहायता प्रदान गरिएको छ जाे कार्यक्रम निकै प्रभावकारी भएको केसीले बताउनुभयो ।

खजुरामा शुक्रबार नै लार्भा तथा किटजन्य राेग विरुद्ध सचेतनामुलक र्‍याली निकालिएको छ । वडा नम्बर तीनमा वडा अध्यक्ष पुर्ण भण्डारीकाे अध्यक्षतामा भएको कार्यक्रममा पालिका,अध्यक्ष तुफान, उपाध्यक्ष मंन्जु मल्ल,सामाजिक विकास संयाेजक कृष्णा पाेखरेल,जनप्रतिनिधि,स्वास्थकर्मी लगायत स्थानीयकाे सहभागीता थियाे ।

प्रकाशित मितिः     ६ असार २०८२, शुक्रबार २०:००  |