अदुवा,लसुन जस्ता कुटिर उद्योग प्रवर्द्धन गर्ने,बेराेजगार युवालाई सीप सिकाउने


नेपालगन्ज । खजुरा गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि बनाएको नीति तथा कार्यक्रममा उद्योग व्यापार तथा साना उद्योगलाई प्राथमिकता दिएको प्रमुख डम्बर बिक तुफानले बताए ।

हेर्नुस् याेजना

१५. उद्योग व्यापार घरेलु तथा साना उद्योग

> उद्योग तथा व्यापार मैत्री पूर्वाधार निर्माणसंगै लगानीकर्ता भित्र्याउन सहज वातावरण बनाउन अन्तरक्रिया संवाद लगायतका कार्यक्रमहरु संचालन गरिनेछ ।

> खजुरा उद्योग वाणिज्य संघ निर्माण र परिचालन गरि व्यवसायिक सुरक्षा तथा प्रवर्द्धन गरिनेछ

> कृषिमा आधारित मझौला तथा साना उद्योगहरुलाई संचालन गर्न आवश्यक पहल गरिनेछ ।

> स्थानीय उद्योगी र व्यवसायीहरुसंग निजी तथा साझेदारी नीति अवलम्वन गरि नवप्रवर्तनमा आधारित आर्थिक विकास कार्यक्रमलाई प्रभावकारी बनाईनेछ ।

>

निर्माणाधिन औद्योगिक ग्रामलाई निर्माण गरि साना तथा मझौला घरेलु लघु उद्योगको स्थापना गरी संचालनमा ल्याईनेछ ।

> टोल टोलमा लघु घरेलु तथा साना कुटी उद्योग संचालन गर्न फलफुल खेती मार्फत जुस तथा वाईन, बेसार प्रशोधन, अदुवा, लसुन, धनिया, जिरा, खुर्सानी जस्ता मसला जन्य वस्तु उत्पादनमा वृद्धि गरिनेछ ।

> विदेशबाट फर्किएका युवाहरुको सीप र क्षमताको आधारमा लघु घरेलु तथा साना उद्योग संचालनको लागी वातावरण बनाईनेछ ।

> लघु उद्यम विकास तथा व्यवसायिक योजना तालिम संचालन गरिनेछ ।

>

परम्परागत सीपको संरक्षण गरि उद्यमी बनाउन विशेष जोड गरिनेछ ।

> परम्परागत सीपलाई प्रोत्साहन, स्थानीय उत्पादनलाई लघु घरेलु तथा साना उद्यमीहरुलाई अनुदान तथा प्रविधि हस्तान्तरण गरिनेछ ।

> पालिका क्षेत्र भित्रका बेरोजगारहरुको पहिचान गरि प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारी सिर्जना गर्नुको साथै पालिका रोजगार कार्यक्रमहरु संचालन गरिनेछ ।

> बेरोजगार युवायुवतीहरुलाई चाहना अनुरुप सिपमूलक तालिमहरु प्रदान गरी स्व-रोजगार बनाईनेछ ।

> महिला उद्यमीहरुबाट उत्पादित वस्तुहरुलाई कोसेली घर संचालन गरि बजारीकरण गरिनेछ ।

प्रकाशित मितिः     ११ असार २०८२, बुधबार १९:४८  |