तीन घण्टा लाइनमा बस्दा पनि मल नपाएका किसानकाे भावुक ‘पाेष्ट’


मल पाईन्छ भनेर बिहान सात बजे खजुरा सहकारीमा लाईनमा लागियाे । जम्मा ७७ बोरी युरिया रहेछ ।

विधि बिनाकाे वितरण प्रणालीले ६५/७० बर्षका बुढा किसानहरु तीन घण्टा लाईन लागेर खाली हात फर्कियाैं । याे बर्ष पनि बिना मलकाे खेती गर्न बाध्य छन खजुरेली किसान !

मलाई लागेकाे

१ :- कि गापाले ताेकेकाे वडाका किसानलाई दिनुपर्थ्याे।
होइन भने कुपन प्रणाली लागू गर्नुपर्थ्याे।
संचालक समितिले रेकर्ड नराख्दा कसैले कत्ति पनि नपाउने कसैले पटक-पटक लिएकाे पाइयो । आजकाे अवस्था हेर्दा चुनाववी सहकारी मात्रै रहेछ । अनुगमन नगर्ने खजुरा गापाले साेचाेस् ।
२. रेकर्ड नराखी अन्धाधुन्ध मल वितरण गर्ने खजुरा सहकारीले साेचाेस् ।
३. मलकाे काेटा मात्रै निर्धारण गर्ने अनुगमन नगर्ने खजुरा गापाले साेचाेस्
४. गत बर्षझै धान र गहुँकाे सिजनमा लालपुर्जा देखाएर एक पटकमा २/४ बाेरी युरिया र डिएपी ल्याउने ब्यवस्था स्थानीय प्रशासनले गराेस् । जिल्ला प्रशासन बाँकेकाे ध्यान जाओस ।
नत्र तिम्रा ठुला कुरा जनताले पत्याउने छैनन् ।

म पनि सानाेतिनाे किसान भएकाले किसानकाे तिताे पाेखे । बाँकी तपाईं ठुला बडाले बिचार गर्नुस् । नत्र जनता ८४ /८४ मात्रै भन्छन् । साह्रै गरे ८४ मा देखाउँछन् ।

खजुरा -२ सितापुर बाँकेबाट

प्रकाशित मितिः     १२ असार २०८२, बिहीबार १७:४२  |