बाँके । लुम्बिनी प्रदेश सरकारले बाँकेमा संचालन गरिरहेकाे लुम्बिनी प्राविधिक विश्वविद्यालय जुन गतिमा अघि बढ्नुपर्ने हाे बढ्न सकिरहेकाे छैन ।
‘अल्छी’ पदाधिकारी एवं कर्मचारीका कारण फड्काे समस्या उत्पन्न भएको छ । भर्खरै स्थापना भएको बिश्वबिद्धालयले आफ्नो प्रभावकारी भुमिका देखाउन सक्नुपर्नेमा एउटा निजि स्कुल वा कलेज जत्तिकै पनि काम गर्न नसकेकाे टिप्पणी भइरहेका छन् ।
यस्ताे टिप्पणीलाई बिश्वबिद्धालयका पदाधिकारी र जिम्मेवार कर्मचारीले खारेज गरे पनि उनीहरुको कार्यशैली बिश्वबिद्धालयलाई ‘उभाे’ लगाउने खालकाे नभएको बताइएको छ । बिश्वबिद्धालयले भौतिक पूर्वाधार अभावको कारण कहाँ स्थापना गर्ने भन्ने अन्याैला झेल्नुपरेको छ ।

प्रदेश सरकारले खजुरास्थित रनियापुरमा ५० बिघा जमिन उपलब्ध गराउने निर्णयसँगै विश्वविद्यालय स्थापनाको प्रक्रिया औपचारिक रूपमा अघि बढेको थियो । तर अहिलेसम्म कार्यान्वयन भएको छैन ।
२०७९ साल असार १८ गते विश्वविद्यालयको औपचारिक स्थापना गरिएको हो । प्रदेश सरकारको राजपत्रमा विधान प्रकाशित भएसँगै बाँकेको भूगोलमा पहिलो पटक एक सरकारी विश्वविद्यालय सञ्चालनमा आएको हो ।
बिश्वबिद्धालयमा हाल सूचना प्रविधि, इन्जिनियरिङ, कृषि, वन तथा पर्यटन जस्ता व्यवहारिक शैक्षिक विषयमा केन्द्रित रहेर कार्यक्रम सञ्चालन गर्दै छ ।