सदावहार उत्कृष्ट नतिजा ल्याउँछ सगरमाथा


सगरमाथा इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुल, कारकाँदो, नेपालगन्ज–१८ ले यो वर्ष समेत शैक्षिक सत्र २०८१ को एसईई (SEE) परीक्षामा शतप्रतिशत सफलता हासिल गर्दै आफ्नो गौरवपूर्ण शैक्षिक इतिहासलाई निरन्तरता दिएको छ ।

गत वर्षको जस्तै यस वर्ष पनि परीक्षामा सहभागी भएका सम्पूर्ण ४४ जना विद्यार्थीहरू उत्कृष्ट अंक ल्याई पूर्णरूपमा सफल भएका छन् । लगातार १३ वर्षदेखि सतप्रतिशत नतिजा ल्याउने यस स्कूलले स्कूलको गरिमा कायम राख्न सफल भएको स्कूलका एमडी कौशल पाण्डेयले जानकारी दिनुभयो ।
विद्यालय प्रशासनले विद्यार्थीहरूको सफलतामा प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका निर्वाह गर्ने सम्पूर्ण शिक्षक, कर्मचारी, अभिभावक तथा सरोकारवालाहरूप्रति आभार व्यक्त गर्दै उज्ज्वल भविष्यको कामना गरेको छ ।

सगरमाथा स्कुलले गुणस्तरीय शिक्षण, अनुशासन, समर्पित शिक्षक तथा आधुनिक शिक्षण प्रणालीलाई आधार मानेर विद्यार्थीको शैक्षिक प्रगतिमा विशेष ध्यान दिँदै आएको एमडी पाण्डेयले बताउनुभयो । यसैको परिणामस्वरूप प्रत्येक वर्ष एसईई परीक्षामा उल्लेखनीय सफलता हासिल गर्दै आएको छ ।

विद्यालयले अबको शैक्षिक यात्राका लागि सम्पूर्ण विद्यार्थीहरूलाई सगरमाथा कलेजमा अध्ययनका लागि स्वागत गर्दै, उत्कृष्ट शिक्षण वातावरण र गुणस्तरीय शिक्षाको लागि सगरमाथा नै सबैको पहिलो रोजाइ बन्ने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मितिः     १८ असार २०८२, बुधबार २०:३६  |