अति दुर्गम हुम्ला जिल्ला पूर्णखाेप सुनिश्चितता


 

नेपालगन्ज । अति दुर्गम जिल्ला हुम्लालाई पूर्णखाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा गरिएको छ ।

खाेप पुर्‍याउ धाैधाै पर्ने जिल्लामा निकै मिहिनेतका साथ पूर्णखाेप घाेषणा गर्न सम्भव भएको स्वास्थ कार्यालय हुम्लाका प्रमुख डा उमाकान्त तिवारीले बताउनुभयो ।

‘सब‌ैकाे सहकार्य,मिहिनेतका कारण याे सम्भव भएको हाे । याे अवसरमा म सबैलाई धन्यवाद दिन्छु ।’ -डा तिवारीले भन्नुभयाे ।

बालबालिकाले १५ महिनाको उमेरभित्र लगाउनु पर्ने सबै खोपहरूको पूर्णमात्रा पाएको सुनिश्चित गर्दै ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा’ कार्यक्रम सप्पन्न भएको छ। यो वर्ष स्वास्थ्य सेवा कार्यालय हुम्ला पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने कर्णालीको दोस्रो जिल्ला भएको छ ।

प्रकाशित मितिः     २१ असार २०८२, शनिबार १६:५८  |