अनकन्टार जंगलमा पाँचसय भैंसीपालन,भनिसाध्य छैन किसानकाे दु:ख (भिडियो)


डुडुवा (बाँके) २२ असार । वरिपरि घनाजंगल । बिचमा गाेठहरु । भित्र र बाहिर झन्डै पाँच सय भैंसीहरु । हिलाम्मे गाेठहरु स्याहार्दै,नियाल्दै किसानहरु ।

याे दृश्य बाँकेकाे डुडुवा गाउँपालिका -५ खजुरागाैडीकाे हाे । कम्दीचाेकदेखि  उत्तर दुईकिलाेमिटर जंगल नै जंगलकाे बाटाे छिचोल्दै गएपछि पुगिन्छ याे ठाउँ । जहाँ कम्दीका यादव समुदायले भैंसी पालिरहेका छन् ।

यसरी भैंसीपालन गर्न लागेकाे कयौं बर्ष भइसक्याे  । तीन चार पुस्ता पहिलेदेखि नै याे ठाउँ पशुपालन भइरहेकाे छ ।  गाउँघरमा यतिका भैंसीपालन गर्न कठिन हुने भएकाले जंगल र प्रशस्त पानीको स्रोत भएको याे ठाउँमा उनीहरुले पहुपालन कर्म गरिरहेका छन् ।

तर पुर्वाधार नहुँदा उनीहरुले कष्ट झेल्नुपरेकाे छ ।

प्रकाशित मितिः     २२ असार २०८२, आईतवार १८:५७  |