स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाँकेका कुन पालिकाले कति अंक ल्याए ?


नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाँकेका ८ स्थानीय तहमा उत्कृष्ट पालिका भएको छ ।

स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) का आधारमा खजुरा गाउँपालिकाले २०८०-८१ मा ८५.७५ अंक ल्याएर जिल्लामा उत्कृष्ट पालिका भएको छ ।

त्यस्तै बाँकेको कोहलपुर नगरपालिका र राप्तिसोनारी गाउँपालिकाले समान ८२.७५ अंक ल्याएका छन् । भने नेपालगन्ज उपमहानगरपालिकाले ८२ अंक ल्याएको छ ।

त्यस्तै स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाँकेको डुडुवा गाउँपालिकाले ८१.७५, बैजनाथ गाउँपालिकाले ७६.५० र जानकी गाउँपालिकाले ७३ अंक कार्यसम्पादन मुल्यांकनमा पाएका छन् ।

स्थानीय तहको कार्यप्रकृया र उपलब्धीको लेखा जोखा गरी शासकिय प्रकृया र विकास व्यवस्थापनमा सुधार गर्न स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन गर्ने गरिएको छ ।

खजुरा गाउँपालिकाले गाउँपालिकाले शासकीय प्रबन्धमा ८.५०, सङ्गठन तथा प्रशासनमा ८, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ७ अङ्क पाएको छ । वित्तीय एवम् आर्थिक व्यवस्थापनमा १०.२५,  सेवा प्रवाहमा १२.५०, न्यायिक कार्य सम्पादनमा ७, भौतिक पूर्वाधारमा १०, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ७, सहकार्य तथा समन्वयमा ५.५० अङ्क ल्याएको छ ।

खजुरा गाउँ गाउँपालिका जिल्लामा उत्कृष्ट पालिकामा पर्न सफल हुनुमा कार्यविधिले तोके बमोजिमका इन्डिकेटरका आधारमा जनप्रतिनिधिले नीति, कार्यक्रम र आवश्यक निर्णय गर्ने तथा कर्मचारीको कुशलतापूर्वक जिम्मेवारी कार्यसम्पादन गरी अभिलेखीकरण गर्न सकेमा उत्कृष्ट नतिजा ल्याउने सकिने खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिक तुफानले बताउनुभयो ।

प्रकाशित मितिः     ७ भाद्र २०८२, शनिबार १४:१७  |