सशस्त्र प्रहरीद्वारा जयसपुरबाट दश लाख बराबरको अबैध सामाग्री बरामद


नेपालगन्ज । निर्वाचनकाे माैकाछाेपी सीमाक्षेत्रमा हुन सक्ने चाेरीपैठारी नियन्त्रण गर्न सशस्त्र प्रहरीले गस्ती बढाएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं.३० गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक भिम बहादुर चन्दले सीमाक्षेत्रबाट कुनै पनि प्रकारकाे गैरकानुनी कार्य हुन नदिन चनाखाे भएर फाैज परिचालन गरेकाे बताउनुभयो ।

साेही क्रममा नेपाल सीमा सुरक्षा गुल्म जमुनाह बाँकेबाट खटिएको टोलीले नेपालगन्ज-१६ जयसपुरको सीमा ईलाकाबाट अवैध रुपमा ल्याउँदै गरेको अन्दाजी दश लाख बराबरको मोटर पार्टस र लत्ताकपडा बरामद गरेेकाे छ ।

प्रकाशित मितिः     ७ फाल्गुन २०८२, बिहीबार १७:०२  |