लाइसेन्स परिक्षा हेरफेर गर्ने ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज, बाँकेका तत्कालीन कार्यालय प्रमुख (उपसचिव) हाल आन्तरिक मामिला तथा कानून मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव (सह-सचिव) लोकबहादुर सुनारसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सरकारी कागजात सच्याई परीक्षाको परिणाम फेरबदल गरेको आरोपमा उनीहरूविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

सवारी चालक अनुमतिपत्र लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गरी गैरकानूनी लाभ तथा हानी पुर्‍याएको भन्ने उजुरीमाथि अनुसन्धानपछि उनीहरूविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

उनका अनुसार आयोगले उनीहरूलाई कैद र जरिवाना दुवै सजायको मागदाबी गरेको छ ।

प्रकाशित मितिः     १५ फाल्गुन २०८२, शुक्रबार ०६:३०  |