
नेपालगन्ज । स्वास्थ्य सेवा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै डा. उमाकान्त तिवारीलाई स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२ प्रदान गरिएको छ ।
स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लिले आफ्नो १० औं वार्षिकोत्सवका अवसरमा कर्णाली प्रदेशको हुम्लामा रही स्वास्थ्य शिक्षा र सेवाको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उनलाई यो सम्मान प्रदान गरेको हो । डा तिवारी हुम्ला स्वास्थ्य कार्यालयमा प्रमुख हुन् ।
डा. उमाकान्त तिवारीसहित सम्मानित व्यक्तित्वहरु ।
दुर्गम क्षेत्रमा सेवा अभाव, दूरी र कठिनाइबीच काम गर्दै आएका तिवारीले मातृ–शिशु मृत्युदर घटाउने, प्रयोगशाला सेवा विस्तार गर्ने र विशेषज्ञ सेवा पुर्याउने काममा उल्लेखनीय भूमिका खेलेका छन् ।
यो सम्मानले कर्णालीजस्ता विकट क्षेत्रका स्वास्थ्य चुनौती र त्यहाँ कार्यरत चिकित्सकहरूको योगदानलाई राष्ट्रिय स्तरमा उजागर गरेको छ। स्वास्थ्य दर्पण मिडिया नेटवर्कले डा तिवारीसंगै अन्य व्यक्तिलाई पनि सम्मानित गरेको छ ।
जुम्ला जिल्लाको सिन्जामा जन्मिनु भएका डा. उमाकान्त तिवारीले छात्रवृत्तिमा स्नातक तहमा MBBS अध्ययन सम्पन्न गरी नेपालका दुर्गम जिल्लाहरूमा करिब दुई वर्षसम्म स्वास्थ्य सेवा प्रदान गर्नुभएको छ। त्यसपछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरबाट MD (General Practice तथा Emergency Medicine) उपाधि प्राप्त गर्नुभयो।

सोपश्चात राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङमा आकस्मिक विभागको इन्चार्जका रूपमा कार्यरत रहँदै MDGP कार्यक्रमको पाठ्यक्रम विकास, शैक्षिक गतिविधि सञ्चालन तथा स्नातकोत्तर तहको अध्यापन-प्रशिक्षणमा महत्वपूर्ण योगदान पुऱ्याउनुभयो ।
हाल उहाँ, हुम्ला स्वास्थ्य सेवा कार्यालय, कर्णाली प्रदेशमा निमित्त प्रमुखको रूपमा कार्यरत हुनुहुन्छ। दुर्गम भौगोलिक अवस्था र सीमित स्वास्थ्य पहुँच भएका क्षेत्रमा उहाँले स्वास्थ्य सेवा प्रवाह सुधार र गुणस्तरीय सेवा सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ।
मातृ तथा शिशु मृत्युदर न्यूनीकरण, Referral प्रणालीको सुदृढीकरण, प्राथमिक तथा आधारभूत धारभूत स्वास्थ्य सेवाको प्रभावकारी विस्तार, र आकस्मिक सेवा प्रणालीको समन्वयमा उहाँको योगदान उल्लेखनीय रहेको छ। साथै, स्वास्थ्य नीति तथा कार्यक्रमको कार्यान्वयनमा स्थानीय तह, सरोकारवाला निकाय र सरकारी कार्यालयहरूसँग समन्वय गर्दै दीगो तथा परिणाममुखी सेवा प्रवाहमा सहयोग पुऱ्याउनुभएको छ।
उहाँले बायोमेडिकल प्रयोगशाला सञ्चालन, GeneXpert ल्याब स्थापनामा समन्वय, उपकरण व्यवस्थापन, तथा स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिका लागि अमेरिकी डाक्टर परिचालन गरी तालिम सञ्चालन गर्नुभएको छ। विशेषगरी, दुर्गम गाउँ गाउँ-बस्ती बस्तीहरूमा स्वास्थ्य शिविर सञ्चालन गरी आवश्यक विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउनुभएको छ। प्रकोप व्यवस्थापनमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ।
Preventive, promotive, curative, rehabilitative, लाई मध्यनजर गर्दै कार्यक्रम अघि बढाएको उहाँको नेतृत्व मा रहेको हुम्ला स्वास्थ्य सेवा कार्यालय प्रदेशस्तरीय कार्यसम्पादनमा मूल्याङ्कनमा प्रमुख भएको छ। विशेषगरी, विशे उहाँको सक्रिय नेतृत्वमा हुम्ला स्वास्थ्य कार्यालयले पूर्ण खोप कार्यक्रम समयमै घोषणा गरेको छ। साथै प्रकोप व्यवस्थापनमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ।
स्वास्थ्यका कार्यक्रमलाई Evidence Based बनाउन अनुसन्धानात्मक गतिविधि पनि अघि बढाइरहेको छ।

