खजुरा गाउँपालिकामा ‘एआई-एक्सरे’द्वारा तीन सय बढिकाे स्वास्थ्य परिक्षण


 

नेपालगन्ज । खजुरा गाउँपालिकाले उच्चस्तरीय प्रविधि ‘एआई-एक्सरे’द्वारा दुईवटा वडामा छाती तथा फोक्सो सम्बन्धि शिविर बिहीबार सम्पन्न गरेकाे छ । धेरै जाेखिम भएको ठाउँको पहिचान गरि वडा नम्बर ८ र ३ मा स्वास्थ्य शिविर आयोजना गरिएको स्वास्थ शाखा प्रमुख लक्ष्मी केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा नम्बर ३ मा १ सय ३८ जनाले सेवा लिएकोमा २६ जना शंकास्पद बिरामी भेटिए । उनीहरुको खकार परीक्षणका लागि ‘टिबी नेपाल अस्पताल’मा पठाईएको छ । त्यस्तै वडा नम्बर ८ मा १ सय ७३ जनाले सेवा लिएकोमा ५५ जनामा आशंका गरिएको छ ।

‘यसपटक सम्भावित जाेखिमयुक्त ठाउँँकाे पहिचान गरि याे शिविर आयोजना गरेका छाैं,राम्रै परिणाम आएको छ ।’- स्वास्थ शाखा प्रमुख केसीले भन्नुभयो । खजुरा गाउँपालिका उपाध्यक्ष मन्ज मल्लले प्रभावकारी तरिकाबाट गरिएको स्वास्थ्य परिक्षणबाट नागरिकले राहत महसुस गरेकाे बताउनुभयो ।

त्यस्तै सामाजिक विकास संयाेजक कृष्ण पाेखरेलले आगामी दिनमा पनि नागरिक स्वास्थ्यका लागि काम हुने बिश्वास ब्यक्त गर्नुभयाे ।

याे कार्यक्रममा लुम्बिनी प्रदेश निर्देशनालय क्षयराेग फोकल पर्सन कृष्ण गोपाल चौधरी, डा सत्य शाही , वडा अध्यक्ष लगायतको उपस्थिति थियाे ।

प्रकाशित मितिः     १० बैशाख २०८३, बिहीबार १९:३२  |