ईप्रकालाई काेहलपुर बैंकर्स क्लबद्वारा कम्प्युटर सहयाेग


 

नेपालगन्ज । काेहलपुर बैंकर्स क्लबले ईलाका प्रहरी कार्यालय काेहलपुरलाई सूचना प्रविधिमा उपयोगी हुने गरि रु ५० हजार मूल्य बराबरको ‘कम्प्युटर सेट’ उपलब्ध गराएको छ ।

बिहीबार क्लबका अध्यक्ष मिगलसिंह ठकुरी सहितका बैंकर्सहरुको उपस्थितिमा ईप्रका ईन्चार्ज डिएसपी चक्र डम्बरपाललाई कम्प्युटर हस्तान्तरण गरिएको थियाे ।

क्लबका उपाध्यक्ष वसन्तकुमार रेग्मीले सामाजिक उत्तरदायित्व बहन गर्दै उक्त सहयाेग गरेकाे जानकारी दिनुभयो ।

प्रकाशित मितिः     १० बैशाख २०८३, बिहीबार १५:१६  |