नेपालगन्जमा सुविधा सम्पन्न गर्ल्स होस्टेल सञ्चालनमा


 

नेपालगन्ज–१२, कोरियनपुरमा ‘आमाको घर’ गर्ल्स होस्टेल सञ्चालनमा आएको छ। विद्यार्थीहरूको आवश्यकता र सुरक्षालाई ध्यानमा राख्दै सुविधा सम्पन्न तथा अध्ययनमैत्री वातावरणसहित होस्टेल सञ्चालनमा ल्याइएको हो।

होस्टेलमा सुरक्षित बसोबास, स्वच्छ वातावरण, नियमित व्यवस्थापन तथा शान्त अध्ययनका लागि उपयुक्त व्यवस्था गरिएको सञ्चालक पक्षले जनाएको छ। घरपरिवारको अनुभूति दिलाउने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यस होस्टेलले नेपालगन्ज तथा आसपासका क्षेत्रका छात्राहरूलाई गुणस्तरीय आवासीय सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ।

शिक्षाका लागि घरदेखि टाढा बस्नुपर्ने छात्राहरूका लागि ‘आमाको घर’ गर्ल्स होस्टेल सुरक्षित, व्यवस्थित र अध्ययनमुखी गन्तव्य बन्ने विश्वास लिइएको छ।

प्रकाशित मितिः     ९ असार २०८३, मंगलवार १७:४०  |