स्वास्थ्य सेवा कार्यालय हुम्लामा आपतकालीन शल्यक्रिया सफल, आमा र नवजात दुवै सुरक्षित


 

हुम्ला, — स्वास्थ्य सेवा कार्यालय हुम्लाले आपतकालीन प्रसूति शल्यक्रिया (Emergency Caesarean Section) सफलतापूर्वक सम्पन्न गर्दै आमा र नवजात शिशुको ज्यान बचाएको छ।

कार्यालयका अनुसार रिप निवासी ४१ हप्ता ३ दिनकी गर्भवती महिलामा पाठेघरको पानी कम भएको, गर्भस्थ शिशुको मुटुको धड्कन घटेको तथा प्रसवको दोस्रो चरणमा पुगेको अवस्था देखिएपछि तत्काल शल्यक्रिया आवश्यक परेको थियो।

कार्यालय प्रमुख डा. उमाकान्त तिवारी (MDGP) को नेतृत्वमा नर्स कञ्चन चौधरी, एनेस्थेसिया सहायक यज्ञराज जोशी तथा हेल्थ असिस्टेन्ट प्रेम भण्डारी सम्मिलित स्वास्थ्यकर्मीको टोलीले सफलतापूर्वक आपतकालीन शल्यक्रिया सम्पन्न गरेको हो।

स्वास्थ्य सेवा कार्यालयका अनुसार हाल आमा र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

दुर्गम जिल्लामा समेत विशेषज्ञ टोलीबाट गुणस्तरीय तथा जीवनरक्षक स्वास्थ्य सेवा उपलब्ध हुन थालेको यो उदाहरणले हुम्लाको स्वास्थ्य सेवामा थप विश्वास बढाएको छ।

प्रकाशित मितिः     १४ असार २०८३, आईतवार १९:४८  |