सुर्खेत । नेपाली कांग्रेस बराहताल गाउँपालिकाको सभापतिमा भीमबहादुर भण्डारीसहितको टिम निर्विरोध निर्वाचित भएको छ।
सहमति र सहकार्यका आधारमा गाउँपालिका तहको नेतृत्व चयन भएको हो। नेतृत्व चयनपछि नेपाली कांग्रेस सुर्खेतका जिल्ला उपसभापति टोपबहादुर रावतले सभापति भण्डारीसहित नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।
उपसभापति रावतले पार्टीभित्रको एकता, सहमति र सहकार्यलाई थप मजबुत बनाउँदै संगठनलाई जनतामाझ प्रभावकारी रूपमा अघि बढाउन नवनिर्वाचित नेतृत्वको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ।

बराहताल गाउँपालिकामा भीमबहादुर भण्डारीको नेतृत्वमा कार्यसमिति निर्विरोध चयन हुनुलाई कांग्रेसको स्थानीय संगठनमा सहमति र सहकार्यको उदाहरणका रूपमा लिइएको छ।
उपसभापति रावतले नवनिर्वाचित सभापति भण्डारीसहित सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिनुभएको छ।


