डिभिजन वन कार्यालय बाँकेको निर्माणाधीन भवन ९५ प्रतिशत सम्पन्न


नेपालगन्ज । डिभिजन वन कार्यालय बाँकेको निर्माणाधीन नयाँ भवनको भौतिक प्रगति करिब ९५ प्रतिशत पुगेको छ। कार्यादेश भएको करिब १४ महिनाको अवधिमा भवन निर्माणको अधिकांश काम सम्पन्न भएको हो।

भवन निर्माणसम्बन्धी सम्झौता २०८२ साउन ७ गते भएको थियो। सम्झौताअनुसार निर्माण कार्य पूर्णरूपमा सम्पन्न गर्ने म्याद २०८४ असार १५ गतेसम्म रहेको छ।

निर्माणको भौतिक प्रगति निर्धारित समयभन्दा अघि नै उल्लेख्य रूपमा अघि बढेकाले आगामी केही महिनाभित्रै भवन निर्माणको सम्पूर्ण काम सम्पन्न हुने अपेक्षा गरिएको छ।

नयाँ भवन निर्माण सम्पन्न भएपछि डिभिजन वन कार्यालयबाट प्रदान हुने सेवा प्रवाह थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

प्रकाशित मितिः     ७ आश्विन २०८३, बुधबार २०:३९  |