हावाहुरीले नेपालगन्जका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध


नेपालगन्ज । नेपालगन्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा शनिबार दिउँसो आएको हावाहुरीका कारण विद्युत् सेवा अवरुद्ध भएको छ।

दिउँसो करिब १२ः४५ बजे आएको हावाहुरीका कारण विभिन्न स्थानमा रुख ढलेर विद्युत्का तार चुटिनुका साथै तारमा रुख परेपछि महेन्द्रनगर, बोर्डर, इस्टन, परस्पुर, पुल्चोक, ग्रामीण, फुल्टेक्रा र एयरपोर्ट फिडर बन्द भएका छन्।

नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका अनुसार विद्युत् अवरोध भएको क्षेत्रमा प्राविधिक कर्मचारीहरू परिचालन गरी मर्मत तथा सेवा पुनः सञ्चालनको काम भइरहेको छ।

प्राधिकरणले ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै कतै विद्युत्को तारमा रुख परेको वा विद्युत् सम्बन्धी जोखिम देखिएमा ०८१–५३२२४३ वा ०८१–५३१५२७ मा सम्पर्क गरी जानकारी गराउन अनुरोध गरेको छ।

प्रकाशित मितिः     १० आश्विन २०८३, शनिबार १४:४८  |