नेपालगन्ज उद्योग वाणिज्य संघको रक्तदानमा ११२ जनाले दिए रगत


 

नेपालगन्ज । सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालगन्ज उद्योग वाणिज्य संघले शनिबार बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा उद्योगी तथा व्यवसायीसहित ११२ जनाले रक्तदान गरेका छन्।

संघका अध्यक्ष चिरञ्जीवी ओलीका अनुसार नेपाल रेडक्रस सोसाइटीले रगतको अभाव भएको जानकारी गराएपछि सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै रक्तदान कार्यक्रम आयोजना गरिएको हो।

“रेडक्रसले रगत अभाव भएको जानकारी गराएपछि सामाजिक उत्तरदायित्व ठानेर रक्तदान गरेका हौँ,” अध्यक्ष ओलीले भने, “झरीका बीच पनि ठूलो संख्यामा रक्तदान गर्न आउनुभएका सबैलाई धन्यवाद छ।”

पश्चिम नेपालका विभिन्न जिल्लाबाट बिरामी उपचारका लागि नेपालगन्ज रेफर हुने भएकाले यहाँ ठूलो मात्रामा रगत आवश्यक पर्ने अध्यक्ष ओलीले बताए। उनले बिरामीको उपचारमा सहयोग पुर्‍याउन नियमित रक्तदान आवश्यक रहेको समेत बताए।

प्रकाशित मितिः     १० आश्विन २०८३, शनिबार १७:१५  |