नेपालगन्ज । लगातारको वर्षाले बाँके र बर्दियाको कृषि क्षेत्र प्रभावित भएको छ। वर्षाका कारण धान तथा तरकारी खेतीमा क्षति पुगेको छ।

तरकारीको पकेट क्षेत्र नेपालगन्ज–१९ मा बिक्रीका लागि तयार भएको तरकारी वर्षाले नष्ट गरेपछि किसान निराश भएका छन्। स्थानीय अगुवा कृषक गोपी यादवका अनुसार अन्य समयमा दैनिक करिब १० क्विन्टल तरकारी बजार पठाउने किसानले आइतबार एक क्विन्टल मात्रै बिक्री गर्न सकेका छन्।

