शिखर मेलामाइन प्लाइउडको विशेषता : बलियोपनसँगै आकर्षक डिजाइन


 

काठमाडौं । इन्टेरियर डिजाइनमा मजबुती, टिकाउपन र आकर्षक फिनिसिङलाई प्राथमिकता दिँदै शिखर मेलामाइन प्लाइउड बजारमा उपलब्ध गराइएको छ।

वार्डरोब, किचेन, लिभिङ स्पेस, बेडरुम तथा कार्यालयका विभिन्न संरचनामा प्रयोग गर्न सकिने शिखर मेलामाइन प्लाइउडलाई कम्पनीले बलियो र भरपर्दो उत्पादनका रूपमा प्रस्तुत गरेको छ। यसमा प्रिमियम मेलामाइन फिनिसिङ, समान गुणस्तर र आकर्षक सतहलाई विशेषता बनाइएको कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार प्लाइउडलाई पाँच पटक प्रेस गरिएको छ, जसले यसको मजबुती र स्थायित्वमा योगदान पुर्‍याउनेछ। विभिन्न आवश्यकता र डिजाइनअनुसार ६, ९, १२, १६ र १८ मिलिमिटर मोटाइमा शिखर मेलामाइन प्लाइउड उपलब्ध रहेको छ।

आधुनिक इन्टेरियरमा टिकाउपन र सौन्दर्यलाई एकैसाथ समेट्ने उद्देश्यले उत्पादन गरिएको कम्पनीले जनाएको छ। शिखर मेलामाइन प्लाइउडलाई ‘ड्युरेबिलिटी मिट्स डिजाइन’ अर्थात् टिकाउपन र डिजाइनको संयोजनका रूपमा बजारमा प्रस्तुत गरिएको छ।

प्रकाशित मितिः     १३ आश्विन २०८३, मंगलवार १८:२७  |