नेपालगन्ज । दशैंको शुभकामना आदान–प्रदानसहित एनसेल हिरो रिटेलर मिट सम्पन्न भएको छ। कार्यक्रममा एनसेलका नयाँ उत्पादन तथा सेवाका साथै ग्राहककेन्द्रित बिक्री प्रवर्द्धनका उपाय र व्यवसायमार्फत आम्दानी वृद्धि गर्न सकिने अवसरबारे छलफल गरिएको थियो।
कार्यक्रममा सिम सक्रिय गर्दा अपनाउनुपर्ने सावधानी, अवैध तथा जोखिमपूर्ण गतिविधिबाट आफू र ग्राहकलाई सुरक्षित राख्ने उपाय तथा जिम्मेवार र सुरक्षित रूपमा सेवा प्रवाह गर्नुपर्ने विषयमा जानकारी तथा अन्तरक्रिया गरिएको थियो।

कार्यक्रममा देवप्रिया इन्टरनेसनलका सञ्चालक दीपेन्द्र बिष्ट तथा प्रदेश प्रमुख मनोज जोशीको प्रत्यक्ष सहभागिता रहेको थियो।
कार्यक्रमले एनसेल हिरो रिटेलरहरूलाई व्यवसाय विस्तार, उत्कृष्ट ग्राहक सेवा तथा सुरक्षित र जिम्मेवार रूपमा सिम बिक्री गर्न थप जानकारी, प्रेरणा र मार्गदर्शन प्रदान गरेको आयोजकले जनाएको छ।


