काठमाडौँ, असोज २९ । चुम्लिङटारस्थित सिद्धार्थ रिभरसाइड रिसोर्टले दक्षिण एसियाली ट्राभल अवार्ड (साटा) २०२६ मा लगातार तेस्रो वर्ष ‘लिडिङ रिभरफ्रन्ट होटल/रिसोर्ट’ को अवार्ड जित्दै ह्याट्रिक गरेको छ ।
सिद्धार्थ हस्पिटालिटीअन्तर्गत सञ्चालित रिसोर्टले सन् २०२४, २०२५ र २०२६ मा लगातार उक्त विधामा सम्मान प्राप्त गरेको हो । यस उपलब्धिले नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रमा रिसोर्टको पहिचान थप फराकिलो बनाएको छ ।
काठमाडौँ र पोखराको मध्यभागमा पर्ने चुम्लिङटारस्थित रिसोर्ट नदी किनारको प्राकृतिक सौन्दर्य, शान्त वातावरण र सुविधासम्पन्न आतिथ्य सेवाका कारण पर्यटकको आकर्षण बन्दै गएको छ । पृथ्वी राजमार्गमा अवस्थित रिसोर्ट पारिवारिक बिदा, साथीभाइसँगको भेटघाट, संस्थागत कार्यक्रम तथा विभिन्न समारोहका लागि उपयुक्त गन्तव्यका रूपमा विकास भइरहेको छ ।
रिसोर्टमा पौडी पोखरी, खुला वातावरणमा रहेको आउटडोर जाकुजी, माया अल डे डाइनिङ तथा रिभरफ्रन्ट रेस्टुरेन्ट, सभा–समारोहका लागि इभेन्ट हल र सुविधासम्पन्न कोठाहरू उपलब्ध छन् ।
सिद्धार्थ बिजनेस ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेका अनुसार रिसोर्टलाई राजमार्गमा यात्रा गर्ने यात्रुहरूको विश्रामस्थलमा मात्र सीमित नराखी आफैँमा छुट्टी मनाउने आकर्षक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

न्यौपानेले लगातार तेस्रो वर्ष प्राप्त अन्तर्राष्ट्रिय सम्मानले रिसोर्टको सेवा गुणस्तर र आतिथ्यप्रतिको प्रतिबद्धतालाई थप प्रोत्साहन गरेको बताए ।
उनका अनुसार नदी किनारको प्राकृतिक वातावरणलाई आधुनिक सुविधा र गुणस्तरीय सेवासँग जोडेर पाहुनालाई पूर्ण आतिथ्य अनुभव प्रदान गर्ने प्रयास भइरहेको छ ।
दक्षिण एसियाली ट्राभल अवार्ड पर्यटन तथा आतिथ्य क्षेत्रका विभिन्न विधामा प्रदान गरिने क्षेत्रीय सम्मान हो । लगातार तीन वर्ष अवार्ड प्राप्त गर्न सफल हुनुले सिद्धार्थ रिभरसाइड रिसोर्टलाई नेपालका आकर्षक पर्यटन गन्तव्यहरूमध्ये स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


