नेपालगन्ज । कर सप्ताहको अवसरमा दीक्षित एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सले निःशुल्क कर परामर्श सेवा दिने भएको छ।
मंसिर १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने कर सप्ताहका अवसरमा नेपालगन्जस्थित दीक्षित एण्ड एसोसिएट्सले दैनिक बढीमा पाँच जना व्यक्ति, फर्म तथा कम्पनीलाई निःशुल्क कर परामर्श उपलब्ध गराउने जनाएको छ।
करसम्बन्धी विभिन्न जिज्ञासा तथा समस्यामा परामर्श लिन सकिने जनाइएको छ। सेवाग्राहीले आयकर, मूल्य अभिवृद्धि कर (भ्याट), कर विवरण, कर चुक्ता, बक्यौता मिलान तथा कर योजनालगायत विषयमा परामर्श लिन सक्नेछन्।

संस्थाका अनुसार इच्छुक व्यक्ति, फर्म तथा कम्पनीले फोन, इमेल वा सामाजिक सञ्जालमार्फत सम्पर्क गरी परामर्शका लागि समय लिन सक्नेछन्। दैनिक पाँच जनालाई मात्र सेवा दिइने भएकाले पहिले सम्पर्क गर्नेलाई प्राथमिकता दिइने जनाइएको छ।
दीक्षित एण्ड एसोसिएट्स नेपालगन्जमा रहेको चार्टर्ड एकाउन्टेन्ट्स फर्म हो। कर सप्ताहको अवसरमा करदातालाई करसम्बन्धी जानकारी र परामर्श सहज रूपमा उपलब्ध गराउने उद्देश्यले निःशुल्क सेवा सञ्चालन गर्न लागिएको हो।


