मुटुरोगीको लागि ‘बरदान’ सावित ‘क्याथ ल्याब’ को भविष्य अनिश्चित
नेपालगञ्ज -समायोजनमा परेर चिकित्सकको अन्यत्र सरुवा र बजेट नआएका कारण दुई वर्ष अघि नेपालगन्जको भेरी अस्पतालमा शुरु भएको मुटुरोगको उपचार सेवा बन्द हुने अवस्थामा पुगेको छ । यहाँ उक्त उपचार सेवा शुरु भएपछि मुटुरोगीका लागि बरदान सावित भएको छ । लखनउ र काठमाण्डौ जानुपर्ने बाध्यता हटेको थियो ।
तर अस्पतालमा हाल कार्यरत मुटुरोग बिशेषज्ञ डा कृष्ण अधिकारीको बढुवासंगै समायोजनबाट बीर अस्पतालमा सरुवा भएको छ ।