प्रदेश लिग फूटबल प्रतियोगितामा धम्बोझी क्लब बिजयी, ५ लाख पुरस्कार पायो
नेपालगन्ज,भदौ १२ । प्रदेश नम्बर ५ मुख्य मन्त्री कप प्रदेश लिग फूटबल प्रतियोगितामा बाँकेको धम्बोझी क्लब १३ अङ्क सहित लिग बिजेता भएको छ । आज बिहिवार अन्तिम खेलमा दाङलाई ३-२ गोल अन्तरले बाँकेले उपाधी जितेको हो । प्रतियोगितामा बाँके ,बर्दिया ,रोल्पा ,दाङ ,रुपन्देही र नवलपरासी गरि छ जिल्ला सहभागी थिए । प्रतियोगितामा बाँकेले रोल्पासंग २-२ को बराबरी खेलेको थियो भने अरु सबै खेलमा अपराजित हुँदै बिजेता भए









