मेयरकाे वाचा पुरा,रावा बैंककाे सहायताले नेपालगन्जमा वडाबाटै भत्ता
नेपालगन्ज - नेपालगन्ज उपमहानगरपालिकाले आजदेखि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । वडा नम्बर २२ बाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको छ ।
राष्ट्रिय बाणिज्य बैंक (रावा)ले वडा कार्यालयमै पुगेर भत्ता वितरण गर्न थालेपछि स्थानीय खुसी भएका छन् ।
नेपालगन्जका मेयर प्रशान्त बिष्टले चुनावताका वडाबाट नै भत्ता वितरण गर्ने वाचा गरेका थिए । कार्यभार सम्हाल्दा पनि उनले साेहि निर्णय