बाजुरामा वित्तीयसाक्षरता अभियानमा सहभागिता हुँदाको अनुभव
गुरुप्रसाद पौडेल (कार्यकारी निर्देशक,नेपाल राष्ट्र बैंक )
नेपाल राष्ट्र बैंक, धनगढी कार्यालयको आयोजनामा सुदुर पश्चिमाञ्चलको वाजुरा जिल्लामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रममा सहभागी हुने मौका पाइयो । सुदुर पश्चिम प्रदेश अन्तर्गतको नौं जिल्लामध्येको एक वाजुरा तुलनात्मक रुपमा बिकासमा अलि पछि परेको देखियो । जिल्लामा वुढीगंगा नदीले केही फाइदा अलि बढी दुःख दिएको देखियो ।
हालसालै प्रकाशित जनगणन









