बाँकेमा ‘चेक बाउन्स’का मुद्दा बढ्दै, व्यवसायमा धेरै समस्या
नेपालगञ्ज २६ भदौ -आर्थिक कारोवार तथा लेनदेनसंग जोडिएका मुद्दा अदालतमा पुग्ने क्रम बढेको छ । व्यक्तिगत लेनदेनदेखि ठुला व्यवसायीक कारोवारमा संलग्न समेत यस्ता मुद्दासंग जोडिएको पाईन्छ । जिल्ला अदालत बाँकेमा मात्र गत आर्थिक वर्षमा चेक बाउन्सका १ सय २१ वटा मुद्दा परे । जस मध्ये ४६ वटा फर्छौट भए भने ७५ वटा बिचाराधिन छन् । अदालतका श्रेष्तेदार यदुराज शर्माका अनुसार, चेक बाउन्स बाहेक आर्थिक लेनदेनका मात्









