अध्यक्ष र सदस्यले अनियमितता गरेपछि यसरी समस्याग्रस्त बन्यो दाङको सुपर लघुवित्त
नेपालगन्ज - नेपाल राष्ट्र बैंकले दाङको तुलसीपुरमा रहेको सुपर लघुवित्तलाई समस्याग्रस्त घोषणा गरेको छ। केन्द्रीय बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले स्थलगत निरीक्षण र त्यसपछि गरिएका विशेष निरीक्षणपछि समस्याग्रस्त घोषणा गरेको हो।
विभागका अनुसार लघुवित्तको सञ्चालक समितिका अध्यक्ष र सदस्यहरुले प्रत्यक्ष संलग्न भई संस्थाको हितविपरीत व्यक्तिगत लाभका लागि नक्कली ऋण खडा गरी कर्जा प्रवाह भएको देखि









