संघियताले फेरेकाे नरैनापुर गाउँपालिका
कमल डाँगी
नेपालगन्ज । केही बर्ष पहिले बाँकेको नरैनापुर ‘सुगम जिल्लाको कर्णाली’ भनेर चिनिन्थ्यो । न बिजुली नत बाटो नै । पूर्वाधार अभाव झेलिरहेका कर्णालीका अनकन्टार ठाउँ जस्तो । सदरमुकाम नेपालगन्ज आउन भारतीय बाटो समात्नुपर्ने बाध्यता थियो । बर्षातमा त सदरमुकामसंग सम्पर्क बिच्छेद हुन्थ्यो ।
सीमा पारी भारतीय गाउँहरु राती बिजुलीले झलमल हुँदा वारी नरैनापुर अन्धकारमा बस्न बाध्य थिये । बर्षौ पह









