राष्ट्रपतिसँग एम्स अध्यक्ष पाकोको भेट, नेपाल खेलकुद् र पर्यटनको उर्वर भूमि होः पौडेल
काठमाडौँ, २५ जेठ– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल भ्रमणमा रहेका विश्व म्याराथनको साझा संस्था एसोसिएसन अफ इन्टरनेशनल म्याराथन डिस्टेन्स रेस (एम्स)का अध्यक्ष पाको बोराओलाई एम्सको बोर्ड बैठक नेपालमा राखेकोमा धन्यवाद दिएका छन् ।
राष्ट्रपति पौडेलले नेपाल खेलकुद् र पर्यटनको उर्वर भूमि रहेको बताएका छन् । नेपालमा सगरमाथाको काखमा साहसिक अल्ट्रा म्याराथनदेखि समथल स्थलमा नेपालगञ्ज म्याराथनजस्ता लामो









