मनोरञ्जन

गायनबाट चम्किएका खेम भौगरिया

गायनबाट चम्किएका खेम भौगरिया

   
भगतराम थारु बाँके :  गायनक्षेत्रमा लागेर पैसा कमाईन्छ ? धेरैले एकपटक सोच्छन् । तर गायक खेम भौगरियाले डेढ दशक गायन क्षेत्रमा काम गरेर ३५ लाख बराबरको घर जोडे । घरबास भए अरु चाहियो र ? कोहलपुर नगरपालिका ११ लोकनगरका गायक खेम भौगरियाले एक तले ६ कोठाको पक्की घर गीत गाएरै निर्माण गर्न सफल भएको बताए । अरु कुनै पेशा छैन गीत गाएरै यहाँसम्म पुगेको छु, भौगरियाले भने । डेढ दशकमा सय बढि गीतहरुमा स्वर दिएको छु