‘गतिलो’ नेता नहुँदा बाँकेमा बन्न सकेनन् औद्योगिक पुर्वाधार
नेपालगन्ज । बाँकेमा निजीक्षेत्रले अर्वौ लगानीका उद्योगहरु स्थापना गरेका छन् । तर त्यसका लागि अत्यावश्यक रहेका सडक, बिजुली जस्ता पूर्वाधार निर्माणमा समेत सरकारले कन्जुस्याई गरेको देखिन्छ ।
पूर्वाधार सहितका औद्योगिक क्षेत्रहरु बनाउने योजना गफमा सीमित भएका छन् । गतिलाे राजनीतिक नेतृत्व नहुँदा प्रस्ताव गरेकाे नाैवस्ता औद्योगिक क्षेत्र अझै बन्न सकेकाे छैन । जिल्लामा गतिलाे राजनीतिक नेतृत्वको संकट छ