राष्ट्रिय पर्यटन रणनीतिमै छैन नेपालगञ्ज
कमल डाँगी
नेपालगञ्ज २२ भदौ - संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले तयार गरेको ‘नेपाल राष्ट्रिय पर्यटन रणनीतिक योजना’ मा पश्चिमको ‘ट्रान्जिट’का रुपमा चिनिने नेपालगञ्जलाई प्राथमिकतामा परेको छैन । पर्यटन क्षेत्रको भविष्य देखेर बाँकेमा होटल लगायत अन्य व्यवसायीले ठुलो रकम लगानी गरिरहेका बेला त्यसलाई प्रोत्साहन गर्ने भन्दा धरासायी बनाउने गरी रणनीति तयार पारिएको हो । उक्त रणनीतिक योजना








