लुम्बिनीमा कृषिक्षेत्रमा बैंककाे कर्जा लगानी ३ प्रतिशतले घट्याे
नेपालगन्ज । लुम्बिनी प्रदेशमा बैंक तथा वित्तीय संस्थाले कृषिक्षेत्रमा गर्ने कर्जा प्रवाह घटेकाे छ ।
बिगतका बर्षभन्दा कृषि कर्जामा ३ प्रतिशतले ह्रास आएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकका अनुसार २०८१ असार मसान्तमा यस प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कुल कृषि कर्जा २०८० असार मसान्तको तुलनामा ३ प्रतिशतले ह्रास भई रु.५२ अर्ब ४८ करोड ४२ लाखमा सीमित भएको छ ।
२०८० असार मसान्तम









