बाँकेमा ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल’ को तयारी
नेपालगन्ज । बाँकेमा ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल’ को तयारी गरिएको छ। होटल व्यवसायी संघ बाँके नेपालगन्ज र होटल संघ बाँके(हान)को संयुक्त आयोजनामा फेस्टिभल गर्न लागिएको हो।
आगामी २०८३ साल वैशाख ११ देखि १३ गतेसम्म फेस्टिभल सञ्चालन गर्ने तयारी गरिएको आयोजक पक्षले मंगलबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ। फेस्टिभल नेपालगन्जको ‘सुशिल कोइराला स्मृति गेट’ देखि पश्चिम वाटरप









